रुझेको ऑंखाभरि छायौ किन ?
रातमा जिस्काउन आयौ किन ?
विरही मौसम छ आजभोलि
उन्मादी गीतहरू गायौ किन ?
भाग्य त चककिलै थिए तिम्रा
धोका र अपजस पायौ किन ?
सबैमा विश्वासको सङ्कट छ
निश्चल मायाप्रित लायौ किन ?
खोलेर देखाउ‘ंदा छाती मैले
मुटु यो कुटुकुटु खायौ किन ?
००