19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मित्र

कविता सविन विश्वकर्मा December 18, 2015, 6:28 am

मित्रै मित्रको रङ्गीन दुनियाँको माझमा

नेपालको सुन्दर मानव चित्र चाहन्छु

मित्रै मित्रले भरिएको सुन्दर साँझमा

एउटा आत्मीय मित्र चाहन्छु

चहना छ त्यस्तो मित्रको

मेरो सुखमा हर्षित हुने

मेरो दुःख देखेर उसको चित्त रुने

मित्रता मै रमाएर सपनासरह बुन्ने ।

मित्र मेरो होस् यस्तो

मित्रतामै संसार समेट्ने

मन दुखाएर कसैलाई पनि नहेप्ने ।

तर भित्रभित्रै डरएको छ यो कमजोर मन

गुलाफ टिप्न खोज्दा कतै काँडामा पर्ने त होइन

यो तन मित्रताको फूल खोज्दा कतै

माटोमा गाडिएर रहने त होइन ?

आजकाल कागहरू बकुल्लाको भेषमा घुम्छन् रे !

जहाँतहीँ जताततै विश्वासघाती हुन्छन् रे !

त्यसैले त कहिलेकाहीँ झस्कने गर्छु

कहाँ मेरो आसपास कागहरू त छैनन् ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।