जानी जानी कसैसँग झुटो माया लाउँदिन म
तिम्रोजस्तो पत्थर मुटु अन्त कहीँ पाउँदिन म ।
यो मुटुमा झिर रोपी हत्या ग¥यौ मेरै मनको
त्यसैले त बिर्सिदेऊ फर्किएर आउँदिन म ।
जहाँ जाउ जसो गर, तर सँधै हाँस्दै बाँच
यो मनलाई फेरी मोडी बहरजस्तै दाउँदिन म ।
मैले चोखो माया दिँदा, आँसु मात्र दिए पछि
तिम्रो माया ओत बनाई, टुक्रा मुटु छाउँदिन म ।
मन्थली क्याम्पस, मन्थली, रामेछाप ।