उनले जस्तै माया गर्ने यार होस् जिन्दगीमा
उसलाई तिम्ले गरेझैँ प्यार होस् जिन्दगीमा ।
फक्रिएको फूल टिप्ने माली होस् जिन्दगीमा
झर्दा फूल भुइँमा थाप्ने, थाली होस् जिन्दगीमा ।
एकअर्काको मनलाई बुझ्ने रित होस् जिन्दगीमा
पीडा लुकाई खुसी दिने, मित होस् जिन्दगीमा ।
भमरा र फूलको जस्तै प्रित होस् जिन्दगीमा
मलाई दिने उसको मुस्कान, शीत होस् जिन्दगीमा ।
फूलहरूको बीचमा बसी, इच्छा पूरा होस् जिन्दगीमा
ती फूलमध्ये एउटासँग खास कुरा होस् जिन्दगीमा ।
मन्थली क्याम्पस, मन्थली, रामेछाप ।