देख्ने छैन तिम्रो लीला, यही चाहन्छु काट मलाई
अन्तिम इच्छा देह त्याग्ने, तिम्रै हातबाट मलाई ।
बोल्छे आज तिम्रै विरुद्ध, औंलाहरूले आवाज गर्छन्
साहस भए निमको वृक्ष, जस्तै गरी छाँट मलाई ।
काँप्छ मन तिम्रो प्रेममा न रोकिन्छन् पाइलाहरू
शिर झुकाई बिछ्याँए आँचल, बरू देऊ आँट मलाई ।
तिमी खुसी हुन्छौ भने बाली दिन्छु शरीर मेरो
बदलामा देऊ सट्टा, चिता मसानघाट मलाई ।
रितिउन बरू आँसु मेरा, अधर मुस्काई रहून तिम्रा
दाइजो दिनु काँडैकाँडा, विष फल्ने फाँट मलाई ।
मन्थली क्याम्पस, मन्थली, रामेछाप