19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल गुणीमाया आले मगर December 24, 2015, 7:49 pm

किन विष पिएँ भनी नसोध भो पिएपछि

निष्ठुरीले मुत्युशैया मनमा जब दिएपछि ।

मन फाटेर हृदय नै छियाछिया भयो मेरो

किन चोट लाउन खोज्छौ, एक्लै मन सिएपछि ।

प्रेमको मुना भाँची दियौ, कुरी बस्दा बिसौनीमा

भोभो अब जलप नलाऊ पूरानो भई दिएपछि ।

आजै मरोस् भोलि मरोस्, भनी तिम्ले जपी राख्यौ

बाँच्न मलाई अप्ठ्यारो भो, मनमा ईख लिएपछि ।

किन रून्छौ बनाबटी, ताली बजाऊ हाँसीहाँसी

माया दिन सकेनौ त पिडामा म जिएपछि ।

मन्थली उमावि ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।