जुन फूल रोजेँ मैले अरू कसैले टिपिदिँदो रै’छ
जुन आसा थियो मलाई, छिनभर मै रित्तिँदो रै’छ ।
जुनेलीमा जुन हेर्दै, टोलाउने भयो बानी
दैव पनि निष्ठुरी छ, लायो रोग छानीछानी ।
मुटुभित्र साँचे अनि, आँखाभित्र राखेकी थेँ
तिमी नै त थियौ मेरो, त्यसैले त बाँचेकी थेँ ।
सम्झनामा पोल्छ छाती, दुख्छ चस्स मुटु मेरो
सोच्ने गर्थेँ यो संसारमा, तिमी मेरो सेरोफेरो ।
पीडा बोकी दुनियाँमा म बाँच्न सक्दिन अब
दैव रै’छ मेरै विपक्ष, सपना उडाई लग्यौ अब ।
थुक निल्दै सबैजना कति राम्रो जोडी भन्थे
दैव लाग्यो लग्यो खुसी, बेहाल भयो हाम्रो अन्त्य ।