18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल जे. आर. आभास December 25, 2015, 4:05 am

कहिले काँहि झस्किन्छु तिम्रो सम्झनामा,

एक्लो हुँदा म आतिन्छु तिम्रो सम्झनामा

मनलाई केहि गरि बुझाउन नसक्दा,

यी नयन रुझाउँछु तिम्रो सम्झनामा,,

हजारौँको भिडमा कोहि आफ्नो भेट्दिन,,

एकान्तमा कतै हराउँछु तिम्रो सम्झनामा,,

आँखा खोले तिमी आँखा चिम्ले पनि तिमी

निदरीमा कराउँछु तिम्रो सम्झनामा,,

छ तिम्रो "आभास",अरु कस्लाई अगाँलु

बरु एक्लै म रमाउँछु तिम्रो सम्झनामा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।