18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत अोम राना January 7, 2016, 10:44 pm

भाग्य कहाँ लेखा छ र,निधारमा कि हातमा

मरे पछी रित्तो जानु,लानु छैन साथमा

धनी गरीब सबै एकै,बाचौ सरोबरी

छैन यहाँ कसैको,जूनी अजम्बरी

फेरी किन तड्पाउछन,मान्छे आफ्नो आत्मा

मरे पछी रित्तो जानु,लानु छैन साथमा

कतिखेर पोखिने हो,कर्कलाको पानी

ओल्लो छेउ पल्लो छेउ,ढलपल जिन्दगानी

अडिएछ जीवन हाम्रो,पानी जस्तै पातमा

मरे पछी रित्तो जानु,लानु छैन साथमा

चाप्पानी-८ पाल्पा, हाल: दक्षिण कोरिया

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।