19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

फरक

कविता तेजविक्रम कार्की January 7, 2016, 2:48 pm

तिमीले पर्वत पर्वत उभिएर भन्यौ

मैले भुई भुई छोएर भने

होस् म त धुलै हुन्छु !

कमसेकम साना साना नानिहरुले

मुछेर भाडाँकुटी खेलुन् !

तिमीले सागर सागर भरिएर भन्यौ

मैले आकाश आकाश रित्तिएर भने

बरु बसौंला नि परै

लुकाएर छाती भरि भरी यो दुनियाँ

कमसेकम मलाई प्रेम गर्नेहरू हेरिरहनेछ्न्

म ओर्लिहिडेको क्षितिज

कमसेकम !

सँगै भएर सधै सधै टाढा हुनु भन्दा

सधै सधै टाढा रहेर सँगै हुनुको मज्जा

देउरालीमा कसैले देउता बनाएको पत्थर हुनुभन्दा

कयौं गुणा अन्तर होला ?

होस् न त ! पर्वतै हुनु परेछ भनेनी

या सागरै हुनुपरेछ भनेनी

छातिभरी भरी गुराँस फुलाउदा

र हजारौं दुख लुकाई मुस्कुराउदा के होला र ?

तिमीले फुल फुल मुस्कुराउनु

र म काँढा काँढा हुनुमा

तिमिले आँखा आँखा हेर्नू

र म पानी पानी भै खस्नुम

सायदै कोसौ कोसको फरक होला ?

धेरै धेरै यसैगरी सँगै हुनुसँग

बरु जीवन बाँच्न सकिन्छ कि ?

तर

एकाबिहानै आज तिमिले

दैलोमा टेकेर त्यो रुमाल छोडी गएदेखी

सोचे यसरी टाढा टाढा भएर

सधै सधै कहाँ बाँच्न सकिएला र ?

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।