19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल जे. आर. आभास January 20, 2016, 4:15 pm

नपग्लने यो मन पगालेरै छोड्यौ,

नगल्ने यो मन गलाएरै छोड्यौ,

देखे जब तिमी त्यो पराई संग,

नजल्ने यो मन जलाएरै छोड्यौ ।।

उम्कनै गारो जाल कस्तो तिम्रो,

नफस्ने यो मन फसाएरै छोड्यौ ।।

थियो काबुमा पिन्जडाको चरी झैं

न उडने यो मन उडाएरै छोड्यौ ।।

नफक्रने गरी ओइली झरिसकेको

नफुल्ने यो मन फुलाएरै छोड्यौ ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।