आफ्नै बगानका, फुललाई देखें
कस्ता छि भँवरा, हुललाई देखें !!
धिक्कार आफुमा, नटिपूं न रोजूँ
मैलो धुवां कठै, धुललाई देखें
सुख्खा छ त्यो कुवा, धमिला ईशारा
माली छ बेईमान्, भुललाई देखें
छामेर हेर्छु'यो मनका यी पीडा
बैराग छातिका, शुललाई देखें
आफ्नै बगानका, फुललाई देखें
कस्ता छि भँवरा, हुललाई देखें !!