पर्खीबस फर्की आउँछु:::::::बाचा भयो मेरो
चुरा पोते साथमा ल्याउँछु:::बाचा भयो मेरो
।।
किनिसके मुबाइली फोन::::किने घडी पनि
साथी आउदा यी पठाउछु:::बाचा भयो मेरो
।।
अरु के के चाहिन्छ:::::::::::पछि भन्दै गर्नु
तिमी रमाउ म कमाउँछु:::::बाचा भयो मेरो
।।
मिसकल गर्नु बेला बेला::फोन गरौंला म नै
मेरो हाल सव सुनाउँछु::::::बाचा भयो मेरो
।।
फेसबुकअल्लि कम चलाउनु सकिन्छ भने
म पनि कम चलाउँछु::::::::बाचा भयो मेरो
।।
सम्हालनु आफ्नो मनलाई ::हावा हुरि बाट
मैले पनि मन सम्झाउँँछु::::बाचा भयो मेरो
।।
औंला भाच्दै बित्छन दिन भेट् हुन्छ छिटो
भेट्मा सबै बात बताउँछु::बाचा भयो मेरो
।।
चुरा पोते सबै ल्याउँछु::::::बाचा भयो मेरो
पर्खीबस फर्की आउँछु:::::बाचा भयो मेरो
।।
रोल्पा गोठेचौंर ५