18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल दीपक जडित June 5, 2008, 3:23 am

यस्पाली नि तिन्ले भने जीत जनताको
होला ता' नि भनि लेखें गीत जनताको ।
 
फेरीएर आ'का सबै नयाँ मुहारले
भने हामी मात्रै साँचो मित जनताको ।
 
जनताकै नाम अझै लिएपनि तर
छाँट देखिएन गर्ने हित जनताको ।
 
जुन, तारा, आकाश नि रोजे तिनैले नै
भाग पर्नेभयो चिसो शीत जनताको ।

नेपाली ओठ अझैपनि हाँस्न नपाउंदा
अर्को युद्ध थाल्नु पर्ला कि त जनताको ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।