18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत प्रकाश बजगार्इं अन्जानपथ January 29, 2016, 11:59 pm

जिन्दगीले पछार्‍यो हजुर, कुन लहरा समाइ उठूँ

एैँसेलु भै कोतर्‍यो हजुर, के सहारा बनाइ छुटूँ@!

केही मीठो फलको अपेक्ष्या जाग्यो, स्वादैले म खरिएछु

दबदबे धाप रैछ यात्रा मेरो, अचम्मैले म पुरिएछु

परिवेशले लछार्‍यो हजुर , कुन पहरा समाइ उठूँ

एैँसेलु भै कोतर्‍यो हजुर, के सहारा बनाइ छुटूँ !!

केही अनौठो कृति लालित्य रच्यो, शिल्पैले म भरिएछु

भुसभुसे राप रैछ भाषा मेरो, घृणैले म छरिएछु

अपवादले बजार्‍यो हजुर, कुन चहारा समाइ उठूँ

एैँसेलु भै कोतर्‍यो हजुर, के सहारा बनाइ छुटूँ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।