आज म आफनै घरभित्र बन्द छु
मन्द मन्द गतिमा आएको बाहिर निस्कने रहर
ढोका खोल्ने वित्तिकै बन्द हुन्छ
चिसो सिरेटोले एउटा गालामा थप्पड दिएपछि
अर्को गालो थाप्ने सहास हुदैन ममा
एकछिन पर्खिएर
उसको तागत नाप्ने सहास हुदैन ममा
बाटिएर अझै दह्रो हुनु पर्नेमा
होइन हउ कान्छा
किन शक्ति फुकिरहेछ
दाम्लाका पोया फुकेजस्तो ?
हिमाल नभएको ठाउंमा
असरल्ल पोखिएको हीउं
एकतमासले बसिरहेछ
सकेसम्म सबैलाइ आफनै मुठठीमा कसिरहेछ
उबाट छुटकारा पाउन घरभित्र पस्नै पर्ने
चिसिएको शरिर तताउन
एकछिन अगेनामा बस्नै पर्ने
होइन हउ कान्छा
कहां गए हाम्रा उडदै गरेको चरा झार्ने कुरा ?
कहां गए हाम्रा पहाडलाइ तराइमा सार्ने कुरा ?
अमेरिका