बाध्यताले बसे प्रदेश सधैं भाका सारी
अहिल्यै फर्की आउत भने रिनैको छ भारी
काट्दै हौली खरबारीमा मुट्ठा भारी खरको
यसै पाली छाउनु थियो छानो हाम्रो घरको
चुल्हो चौको दाउरा घास गर्दा गर्दै ठिक्क
कैलेकाही मान्दी हौली कामको बोझले दिक्क
बन्धाकिमा छोडेको घर मुनीको बारी
अहिल्यै फर्की आउत भने रिनैको छ भारी
चोली पनि फाट्यो होला प्यारी कुनै हरको
फेर्ने रहर थियो होला लुगा एक सर्को
ऐचो पैचो गर्नु प्रिया पर्यो भने हर्जा
एक दिन पक्कै तिर्छु त्यो साहुको कर्जा
भन्दी हौली प्रदेशीले बस्यो माया मारी
अहिल्यै फर्की आउत भने रिनैको छ भारी
चाप्पानी- ८ पाल्पा,हाल : दक्षिण कोरिया