छाम्न खोज्छु धड्कनलाई मुटु नै गहिरो छ
थाम्न खोज्छु आँसुलाई जीवन नै पहिरो छ
चालिसकें हज़ार पाइला गन्तव्य भेटिन्न
थकाइ लाग्यो उकालीमा चौतारी देखिन्न
छोपिदियो हृदयलाई सास फेर्न साह्रो भो
घामको मुहार हेरूँ भन्छु छेक्ने कुइरो छ
मनको कुना कसले देख्ने भेल नै रोकिन्न
तनको चिसो उप्काऊँ भन्छु सेक्नै सकिन्न
निधारमा कोरिएको रेखा मेट्नै गाह्रो भो
लालुपाते जोबनलाई घोच्ने तिखो सुइरो छ