18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत राकेश कार्की February 17, 2016, 11:12 pm
राकेश कार्की
राकेश कार्की

तिम्रो परेली छायामा

म सुबिस्ता लिउँ कि

अनुराग भो मायामा

म समस्त दिउँ कि

नयन नै त्यो प्रेमघडा

पीयूष छल्किरहे

केशराशि बादलघटा

सितारा झल्किरहे

खबर ल्यायो खुशबूले

गुलाब तिम्रो हातमा

प्रेयसी भुलुँ भुँलु लाग्यो

मुहुनी तिम्रो बातमा

लस एन्जेलस

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।