18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत राजु “हिमांशु” February 17, 2016, 11:15 pm
राजु “हिमांशु”
राजु “हिमांशु”

केटा – सिरिरि हावा चल्दा उड़ी मेरो ओठ चूम्ने

तिम्रो त्यो पछ्यौरी सम्झी सम्झी

लगलगे जाड़ोमा गएँ म त चढ़ी परदेश छकछके रेलैमा

थाहा नभई खोपिएछ तिम्रो माया गहिरो यो दिलैमा

केटी - मनभरि माया धेरै बोकी मेरो दु:ख हर्ने

तिम्रो त्यो बानी सम्झी सम्झी

लगलगे जाड़ोमा रोएँ म त देखी तिमीलाई छकछके रेलैमा

थाहा नभई खोपिएछ तिम्रो माया गहिरो यो दिलैमा

केटी - भन्नेहरु भन्छन् परदेशीको विश्वास नगर्नू

एकैछिनको भेटमा मक्ख परी माया नलाउनू

केटा - भन्नेहरूलाई भनिदिनू प्रिये शङ्काको आगो बाल्नु हुँदैन

माया लाउने अमर जोड़ीलाई कसैले पनि रोक्नु हुँदैन

मनभरि विश्वास फुले माया त्यसै मौलिन्छ

मनभरि माया बोक्ने मायालुलाई किन यसरी तौलिन्छ?

केटी - भन्नेहरू भन्छन् परदेशीलाई भूलिदिनू

एकबारको जीवनमा उदास बनी नबॉचिदिनू

केटा - भन्नेहरूलाई भनिदिनू प्रिये मायाको अर्थ बुझ्छ यो परदेशी

छातीभित्र ढुङ्गा बोक्ने निठुरी होइन यो परदेशी

मनभरि विश्वास फुले माया त्यसै मौलिन्छ

मनभरि माया बोक्ने मायालुलाई किन यसरी तौलिन्छ?

केटा – सिरिरि हावा चल्दा उड़ी मेरो ओठ चूम्ने

तिम्रो त्यो पछ्यौरी सम्झी सम्झी

लगलगे जाड़ोमा गएँ म त चढ़ी परदेश छकछके रेलैमा

थाहा नभई खोपिएछ तिम्रो माया गहिरो यो दिलैमा

केटी - मनभरि माया धेरै बोकी मेरो दु:ख हर्ने

तिम्रो त्यो बानी सम्झी सम्झी

लगलगे जाड़ोमा रोएँ म त देखी तिमीलाई छकछके रेलैमा

थाहा नभई खोपिएछ तिम्रो माया गहिरो यो दिलैमा

डाउहिल

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।