18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत प्रकाश बजगार्इं अन्जानपथ February 17, 2016, 11:46 pm

कहानी मेरो संघर्षको नसुन भो बिन्ति

चपेटा कति खपियो ज्यूने बहाना निम्ति !

थिचेका दर्दहरु नकोट्याउ बल्छ आगो

स्थिर बसेको टुट्छ यो मेरो मनको धागो

रमिते बन्छ यो दुनियाँ हेर्दै बेहोशीमा

धुजा धुजा फाटेको छु घाइते जिन्दगीमा @!

बन्द यी पानाहरु नपल्टाउ पोल्छ आँसु

भरोषा छैन मन अड्ने यो चित्त कहाँ टाँसु

अखबारे बन्छ जीवन गिर्दै दुर्गतीमा

टुक्राटुक्रा जोडेको छु स्वार्थी यो धरतीमा!!!

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।