18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत विमल गिरी February 17, 2016, 11:50 pm
विमल गिरी
विमल गिरी

दिनमा सधैं मनमा पिर रातमा सधैं आँशु

जलन हुन्छ भित्र भित्रै कसरी म यहाँ हासु

खाटा बस्ला जस्तो छैन बेहोसिमा दुख्ने घाऊ

जीवन ढल्यो मझेरिमा अधेरि छ कहाँ जाउँ

अचेल मलाई एकान्तमा बगिरहन्छ आँशु

जलन हुन्छ भित्र भित्रै कसरी म यहाँ हाँसु

रात पनि कति लामो दिनझै भईदिए हुन्थ्यो

छाती भित्र छटपटाउने तनाव यो गैदिए हुन्थ्यो

मडारिदै कोल्टे फेर्छु झरी रहन्छ सधैं आँशु

जलन हुन्छ भित्र भित्रै कसरी म यहाँ हाँसु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।