19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

हेमन्त ऋतु

कविता मोहन सिटौला February 17, 2016, 4:03 pm
मोहन सिटौला
मोहन सिटौला

सन्त हेमन्तको याम तातोबाट चिसो तिर

अधवैंसेहरू प्रौढ बनी हिंडे उँभो तिर

हेमन्तको चिसो वायू , निलो आकास ब्यापक

धरती धाममा निक्कै चिसो जीवन चल्दछ ।

पवन बनमा खेल्छ, सुसाउँछ सबैतिर

प्रौढ, बंैशालुका जोडा, डुलफिर निरन्तर

चिसो छ चिस्सिदो निक्कै पाठको पालना गरी

“रुई,फुई, दुई ” सारा जुटे आपस्त बेस्सरी

थाकेका मेघका माला सेता टुक्रा रुमल्ंिलदै

निरीक्षण गरी भन्छन् –”वर्षाको भेल व्यर्थ हो”

त्यसै उर्लिन्छ , कुर्लिन्छ भांैतारिएर भेलमा –

ठेलको, पेलको रेल फेल हुन्छ विमेलमा !

भोगका.तिब्रता थाक्छन् बुढौतिका स‘घारमा ।

हड्बडाएर के हुन्छ ? चल्छ स्वतन्त्र चालमा –

सृष्टिको सत्य ; देखिन्छ , दृष्टिको सूक्ष्म चेतमा,

प्राणले ममता खोज्छ , ममता पंच भूतमा–

मिल्छ ,मिल्दैन ? के हुन्छ ?प्रकाश घुम्छ लोकमा ।

कसरी घुम्छ ? थाहा छ ? थाहा छैन, तथैपनि

थाहा पाइन्छ ः के ? कस्तो ? कसरी ? कुन चालमा ?

सभ्यता, संस्कृति हाम्रो, राम्रो मनुष्य मानको

रचना रचियो ? रंगी, वहुरंगी स्वरूपको !

साधूका साधना सारा, गृहस्थि ,युध्द वीरका ,

मनीषी लेखनी चाल्ने स्रष्टा, द्रष्टा, महर्षिका ;

सबैलाई पु¥याउने,क्रिडा–भूिम वसुन्धरा –

गाथा गाउन को सक्छ ? हेमन्त –रुपको गुरु –

गमेर बस्छ गम्भीर रहस्य–रचना ब्ुाझी –

लेख्दो हो उसकै भाषा, मात्रा, भाका र छन्दमा

“पर्खिदै, आउलान्” भन्दै,“भाका बुझी बुझाउने,

रहस्य–रमिता– घुम्टो उघारेर स्वरूपको” !

चित्तले चित्र कोर्दोछ –– उम्मादका प्रमादले

डेरा जमाउ‘छन् भित्रै, विवेक लर्खराउँछ ,

ताप, सन्तापमा पर्छ अहंकार अनन्तमा !

षड्यन्त्र–शकुनि,दम्भ–दुर्योधन विलाउ‘छन् ।

युध्दले घोषणा गर्छ–“ अन्तमा युध्द हार्दछ ,

शान्तिले शान्ति ल्याऊ‘छ ,सत्यले सत्य पाउँछ—

गाउँछ सृष्टिका गीत प्रीतको लय वाँसुरी !

सिर्जना जिन्दगी आफैं,जिन्दगीमा रमाउँछ –”।

सम्झिदै ब्यर्थका माद वर्षा,बादलका दल –

सचाल मेघ लुक्दै छन् क्षितिजका किनारमा

आलोक र कला दोटा पालेबाट समातिए –

“रंग–बुट्टा भरी छाडांंै–”भन्छ प्रकाश चम्किदै ,

कुचिकार कला भन्छ –“बेस्सरी खिप्नु पर्दछ ।”

कल्पनाले सफा पंख चाली सन्देश छर्दिदा –

चल्यो चंख भई हावा मेघ–माला बतासिए ,

हतासिदै सबै भाग,े संक्रमण नयाँ भयो ।

सबै ऋतुहरू भोग्छन् दुःख सुक्ख सँधैै भरि ।

हेमन्त्तमा हरे शम्भो ! कडा ठण्डा कतै नहोस् !

तर संशयले बास किन गर्दछ चित्तमा ?

ढुक्क मानेर बस्दैन, किन छट्पटि गर्दछ ?

“महँगो जिन्दगी छैन, चीजबीज बरू हुनन् !

झुटका, कुटका काला,श्याम–सेवा गरी नहुन् –”

भनेर कविता भित्र स्वयं जीवन बोल्दछ –

सभ्य भाव तिखारेर ; पीरले जग जल्दछ !

दौडदो ऋतुको यात्रा हेमन्तमा पुगेपछि

कक्र्रिदो मार्ग देखेर झसंग हुन्छ बेस्सरी ।

प्रकाश कोल्टिदै झर्छ, ऋतुले भेष फेर्दछ ,

भूगोल कोल्टिदै घुम्दा, जीवनी कोल्टिदै गयो ।

पाठले ढाकिदा सारा , गुरूका पाठ बिर्सिए ,

अंधकार सबै ब्याप्त हु‘दा बन्ध सबै भए !

चिस्सिदै जान्छ सर्वत्र, घाम जत्ति डुले पनि,

काँढाले घोच्न छाड्दैन,फूल जत्ति फुले पनि ,

हज्जारौं बर्षका यात्रा पार गरेर सिकने

कल्याण , करुणा, प्रेम मात्रै जीवन हो, तर

राक्षेसी कुण्डमा अज्झै किन संसार पर्दछ ?

छक्क पर्दछ हेमन्त किन यस्तो मती भयो ?

कल्याण, करुणा पोख्दा किन यस्तो गती भयो ?

हेमन्तले अरू जस्तै आफ्नै रोकन फेर्दछ ,

झस्किदै, लस्किंदै हिड्ने ऋतुका राग हाल्दछ ।

ऋतु झस्केर के हुन्थ्यो ?मान्छे पो रनभुल्ल छ !

वमन विषको आफ्नै गरेर ऊ मलीन छ ।

हलाहल सँघै हाली विष हर्दम ल्याउने

हालि–मुहालिका भेल–ठेलमा नित्य हेलिने

संचालक स्वयं मान्छे ! केही गम्दछ चित्तमा–

“सुरअसुरका माझ कर्म भूमी बनाउ‘दै

बीचबाट नयॉ फड्को मारु‘ला भनि गुन्दछ”।

शारदी दिनका मीठा, शिशिरे दिनका चिसा

बीचमा गम्छ हेमन्त, धीर,प्रशान्त चित्तले ।

पाठ सिक्दै चली चोला विचित्र चित्रकारको–

चेतना ब्य‘ूझियो साँच्चै, सफा उच्च विवेकको !

पुराना र नयाँ धेर,ै अनुभव समेटँदै ,

नवीन श्रृंखला थप्छ हेमन्तले सँघैभरी –

अनुराग मिठा, तीता सृष्टिका राग हाल्दछ ,

दिक्किदो भावकासाथ हेमन्त गुन्गुनाउँछ—

“कहाँ वोध गरौं स्रष्टा–द्रष्टाका सूचनाहरू ?

समय–मयका झिल्का, कलाका सिर्जनाहरू !

सुसभ्य भनिने मान्छे ! किन आज मलीन छ !

प्रकृतिमा स्वयं यौटा स्वच्छ संस्कृति–प्राण छ–

त्यो सत्य, समता बिर्सी किन ऊ हड्बडाँउछ ?”

यताउता बुझी राम्रो हेमन्त दूर हेर्दछ

व्यथा कष्ट खपी सारै युध्दमा नित्य हेलिदै

गर्दै अठोट ऊ गम्छ –“समय–मयको कला–

चैतन्यलाइ चालेर चौतारिमा चढाउँछ ! ”

वीणा र मुरली घण्टा, झ्याम्टा, मृदङ्ग , शङ्खका

नाद–निनादले अन्त–सलिला सल्बलाउँछ

चपला चेतना चल्छन् चम्किदै चारु चित्तमा

ब्यथा–अठोटका स्बच्छ ,न्याय र सत्य निम्तिमा

विस्मयी भाव उर्लेको प्रमिथियस उठ्दछ

पुलकित भई चेत उठ्छ र सल्बलाउँछ

आलोक लोकमा छर्ने अठोट अनि गर्दछ ;

सृष्टि–संग्रामका योध्दा युगका भीष्मजी बनी

शर–शयनले हन्त बृध्द हेमन्त बोल्दछ ः–

–“सँधै अगाडि नै जाने अठोट किन हुन्नर ?

मानबी न्याय, सन्मान सत्य– सिंचन हुन्नर !

व्यक्तिको, राष्ट्रको सम्मान गर्नु पर्दछ हैनर ?

सानो, ठूलो, शक्तिशाली समान मान हुन्नर ?

आत्म सम्मान किनिन्दा , हेपिंदा तेज घट्दछ

भन्ने बुझेर स्वदेशी, स्वाभिमान उठोस् सँधै ।

ऋतुका रागमा रम्दै, घुम्दै यात्रा सदा गरौं,

संस्कृति–सभ्यता–फूल चेतनामा फुलाइद्यू‘ ,

दीप मनुष्यको यौटै, साझा भाव फलाइद्यूँ ,

द्विप मनुष्यको यौटै ,यसैलाई गुल्जारिद्यूँ !”

सीप मनष्यको यौटै यसैलाई सिंगारिद्य‘ूँ !

अनन्त हन्त हेमन्त तपस्वी दीर्घ बिम्बित

वैराग–वोधमा सन्त पवित्र मंत्र खोज्दछ –

अन्तमा प्रौढ हेमन्त सन्त झैं मन्त्र लेख्दछ–

“गुरु ज्ञान नभै हुन्न”– कर्म, ज्ञान र भक्तिका –

नदी, जङ्घार तार्नैमा नीत हेमन्त लाग्दछ ।

अन्तमा हन्त हेमन्त सन्त झंै मन्त्र जप्दछ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।