घाम बूढ़ो
आफ्नो अगेनामा
जलाइबस्छ आगो हुरूरूरु
व्यथा बूढ़ी
अरुको मनमा
दुखाइबस्छ घाउ बेस्सरी ।
हतारे हावा
डुलेको डुलेकै छ जतासुकै
दरिद्र खप्परको छप्पर नै उड़ाउँदै ।
अनाकार बादल
नयाँ आकारमा खेलिबस्छ खेलहरु
आकाशको मैदानमा
मन दुखेपछि भक्कु
रोइरहन्छ चुहाउँदै आँसु
जलथल सबै भिजाएर
चतुरे सोचले भने
खेलिबस्छ राजनीति
पैसा कुमारीकै निम्ति !!