19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

जूठो चुम्बनको अस्तित्व

कविता निलम फुयाल स्पन्दन February 26, 2016, 3:02 am

रोम जल्दा एकतमासले भुलिईरहने निरो भैंm

हराउँदै गएको अस्तित्वमा झुलिईरहने किरो भैंm

आफ्नो देशको माटोमा विदेशी राज नाच्दा

मौन रहन विवश हामी पानी बिनाको जलकिरो भैंm ।

खुशी सारा सुम्पन विवश निरीह ती चेली भैंm

एक भ्रमर चुम्बनमा झर्न विवश बगैंचाकी बेली भैंm

चोखो अस्तित्वमा जूठो चुम्बनको छाप लाग्दा

ओईली झर्न विवश ती पारीजातकी चेली भैंm ।

अर्पनु परे शीर तयार आतुर त्यो शुल भैंm

उन्मुक्त भई चढिदिन्छौं मन्दिरमा गुच्छा त्यो पूmल भैंm

सहन्नौ अब कदापि हामी ती आमाका छातीमा गोली लाग्दा

अघि लाग्नुपरे यो वीर तयार कुन्तीका लागी नकुल भैंm ।

मधुर लाली त्यो उषाले प्रत्येक मिरमिरेमा छरे भैंm

नजर छर्न तयार हामी राष्ट्रका अब पहरे भैंm

पछि किन पथ्र्यौ र अब अस्तित्वमा आँच आँउदा

उर्लिन्छौ हामी तूफान वेगमा बर्षातको खहरे भैंm ।

धरान २३, पानबारी, हाल ः दोहा, कतार

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।