राजनीतिको खेल
या क्रान्तीको भेल
कलमको पढाई
या बन्दुकको लडाई
ईतिहासको पन्नामा हिसाब गर्यो
गणतन्त्रमा गणीत आयो
एउटा राष्ट्रपति जोडीयो
एउटा राजा घट्यो
गणीतज्ञ माला गाँस्छ
जोड घटाउ हुँदै जान्छ
जोडीने हाँस्छ
घटीने रुँदै जान्छ
हिजो उ जोडीएको थियो
आज उ घट्यो
किन होला कसरी होला
उसैलाई थाहा होला
घट्नेले विचार गर्छ-गर्दैन
पतनका कारण नियाल्छ-नियाल्दैन
जोडीनेलाई अहंकार आउँछ
म मेरो भन्दै हुँकार्छ
भोली पनि त जोड घटाउ हुँन्छ
अर्को जोडीन्छ जब जोड्नु पर्ने हुँन्छ
तर आज एउटा राष्ट्रपति जोडीयो
एउटा राजा घट्यो ।
लस् एन्जेलस्