19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

धन्यवाद भ्यालेन्टाइन

कविता कृष्ण उपाध्याय February 25, 2016, 7:08 pm
कृष्ण उपाध्याय
कृष्ण उपाध्याय

आज त अझ हरियाली माथि हिमालै आएछ

लेकसाइड्को ताल पनि हिलेभग झरेछ

हुँदाहुँदा माछापुछ्रे पनि स्टाभाङार सरेछ

अहिले त हिमाल हिलेभग अगाडि ठिङ्ग उभिएछ।

हिमालका तालबेताल सुरमा

तिमी भ्यालेन्टाइन नाचिरहदा

हिलेभग हिजो पाटनका पटाङ्गिनीमा नाचेको अभिनय गर्छ

तिमी सङ्ग्सङ्गै प्रेम नाचेको अभिनय गर्छ

मेरा आँखा हरुमा

रक्तिम रक्तकण हरुमा

मेरो मनमा!

कान्तिपुरका कलिला रात ओछ्याएर

मन र मस्तिस्कका मन्चहरुमा

तिमी र म

प्रेम प्रणयमा प्रेमिल बाटा पछ्याउदै

उन्मुक्तिका गीत गाएको अभिनय गर्छ

नाचेको अभिनय गर्छ।

त्यसैले त भ्यालेन्टाइन

तिम्रा हिमालजस्तै हिस्सिपरेका अबयबका

धुक्धुकी सुनिने तिम्रा अबयबका

आलिङ्गन र अङ्गालोमा

मृदुस्पर्षहरुमा

उन्मुक्त उन्मुक्तिका गीत गाई रहन्छु

नाचि रहन्छु

तिमी सङ्ग सङ्गै!

तिम्रा असिम प्रेमका परिक्रममा

हरेक दिन प्रेमिल हुन्छन

दिनहरु प्रेम दिन हुन्छन!

होइन भने

सिन्धुको सान्धहालेर

निल नदिको रेखी हालेर

म मरुभुमिमा पग्लिरहदा

हिमाल हृदयमा हालेर

शितल शितल प्रेम पठाउदिनथ्यौ

कलिला कलिला रातहरुमा

चुलोको चम्को माथी दियो बालेर

प्रेम प्रज्वलित गर्दिनथ्यौ।

पर पर पग्लिने प्रेम सङ्गको

तिम्रो प्रेमलाइ

तिम्रा प्रेमिल गीतहरुलाइ

हिलेभगको हिमाल ले पनि सलाम भन्यो

तिमिले गाउने उन्मुक्तिका उन्मुक्त गीतमा हासिरह्यो।

टेम्सका तटहरुमा

समुन्द्रका साँधहरुमा

बालुवाको ओछ्यान लगाएर

भ्यालेन्टाइन

बस्त्रको कलेबरमा तिमी निर्बस्त्र लडिरहदा

तिम्रा अवयवका अलङ्कार

अलङ्कार लाग्छन हिमालका अवयव जस्तै!

यात्रीका पदमार्ग जस्तै!

पन्चेन्द्रीय का अनुभूति जस्तै!

कसरी बिर्सु!

तिमिले गाएका तिम्रा अवयवका गीत हरु

अवयवका अलङ्कारका गीत हरु

अहङ्कार लाग्ने गीत हरु

भ्यालेन्टाइन तिमिले गाई रह्यौ:

"यी सुन्दर अवयव मेरा हुन

कसैले यस्मा हुकुम नचलाउ!"

तिम्रा तिनै उन्मुक्त उन्मुक्तिका भाकाहरुमा

म तिमी सङ्सङै नाच्दा

म तिम्रा अवयव हरु भित्र बाधियेर

प्रणय दिवस मनाइ रहे।

तिम्रा अनन्त अबिरल प्रेममा

म आफै पनि प्रेमाभिभुत छु।

मरुभुमिमा पहिचानहिन पग्लिरहदा

तिमी प्रशान्त को तुफान रोयौ

कान्तिपुरको क्रन्दन पोख्यौ

लोन्डोनियमको आक्रोश ओकल्यौ

तिम्रा छरियेका केश्हरु मेरा अनुहार स्पर्श गरि रहे

पहिचानहिन पग्लिदा म तिम्रो प्रेम पग्लिरहे!

त्यसैले त भ्यालेन्टाइन

उत्तरिसागरको प्रेमिल स्पर्समा

यारेनको स्वच्छन्द स्वतन्त्रताको आकाशमुनी

म उन्मुक्त बाच्छु

प्रेम बाच्छु

स्वतन्त्रता बाच्छु!

स्टाभाङ्गार

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।