19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बा!....बा!

कथा सुश्री राधिका राया February 25, 2016, 7:27 pm

यही हो क्लुआंगको स्टेशन । हामीहरु यहीँ झर्नुपर्छ, मिलटेरी गाडीमा चढी डेरामा जानु पर्छ । संझनाले कता कता छोयो रानीलाई । अतीतको हुरी वहेर आयो । र्हुिँदै भएपनि उसले अतितलाई पन्साउँदै चारैतिर हेरी– त्यही दुई वर्ष अघिको क्लुआँग स्टेशनको प्लेटफार्म, मानिसहरुको जमघट, अघि बढिरहेको रेल ।

रेल रोकियो विस्तारै आफ्नै चालमा । रेलभित्र पसि रानी । कसैको क्षण स्पर्शले उ झस्की । भयभीत भई फर्केर हेरी । अदृष्य आवाज गुञ्जिरह्यो“मलाई यहाँ विदेशमा एक्लै छाडी तिमी फर्केकी रानी?”

प्रत्युत्तरमा उसले आफ्नो कान्तिहीन मुहार दुवै हातले छोपी बाहिर विदाइ –ध्वनि गुंजिरहेथ्यो । आउ है वहिनी, सफल यात्राको शुभकामना । ......गुरुमा, दिदीको बलिन्द्र अश्रुधाराले दियो अनि रेल अघि बढ्यो....मानो भनिरहेथ्यो ...उसको झझक्तामा....मिलनपछिको यो विछोड यिम प्रकृतिको कानून हो–सांसारिक नियम ।

रेल अघि बढ्रदै थियो दू्रत गतिमा । रानीले बाहिर नियालेर हेरी लाम लागेर बढेका ती रबडका हरिया अहयिा बोटहहरु, केरा घारी अनगन्ती सुपारी र नरिवलका बोट अनि जंगलैजंगल, उज्यालो अनि छिर्न नसकिने घनघोर जंगल । तर हेर्दा हेर्दै ती जंगल रुखहरुमा बिस्तारै परिवर्तन आयो । रानीले देखी, स्पष्टै देखी, त्यही रेलको स्टेशन, मानिसहरुको आवागमन, विदाइको पुकार, गरुमा दिदीको शुभकामना अनि हृदयको कता कता......ठोकिएर प्रतिध्वनित भइउठ्यो – त्यही अदृश्य आर्द पुकार–“मलाई यहाँ विदेशमा एक्लै छाडी तिमी फर्किएकी रानी?”

कल्पनाको संसारमा रानीले आफूलाई एक्लै भेट्टाई, ऊ निसास्सिंदै रोई । सहारा नपाई उस्को रुवाई अझ बढ्दै गयो ।

नरोउ वैनी! आफ्नो स्वस्थ्यको पनि याद गर । वितेका दिनलाई भूल । यो नाबालकको भविष्य पनि त सोच । तिमीलार्य केही दुःख हुने छैन । हामीहरु तिमीलाई जल पहाड पु¥याई दिन्छौं । कसैको सान्त्वनाले ऊ झस्की । आँशु पुसेर हेरी – तर ऊ साँच्चै रोइरहेकी थिई । मनको भाव लुकाउँदै उ मौन रहन खोजी । तर उसको हृदय रोईरहेको थियो, खोजिरहेको थियो ....अदृष्य आत्मा र त्यही अदृष्य आवाजलाई ।

दुई घन्टापछि रेल सिंगापुर स्टेशनमा रोकियो । अनेकौं विजातिहरु– चिनियाँ, मलाया, हिन्दुस्तानी, अंग्रेजहरुको चहलपहल, ट्याक्सी ताँती, सिंगापुर स्टेसनको यो ठूलो प्लेटफर्म । रानीलाई यस्तो लाग्यो–मानौं स्वदेश रमाना भएका नौला गोर्खालीलाई चारैतिरवाट सवैले चियाइरहेजस्तो । एकछिन पछि साथीहरुसँग ऊ पनि मिलिटेरी ठूलो गाडीमा चढी सिंगापूर ट्रान्जिट क्याम्पमा पुगी ।

पर्देशिहरुका निम्ति वनिएका ती साना साना अनेकौं तम्बूहरु सेताम्वे देखिन्थे । रानी पल्टीरहेकी थिई–विछ्यौनामा सायद क्लान्त शरीरलाई विश्राम दिएकी होली । तर हृदय चञ्चल भई रुँदै गयो–त्यहि विछोडिएको घरमा, घरपारिको समाधि डाँडामा, अदृष्य आत्माको खोजीमा । पानाी परिरहेको थियो । त्यसले आफ्नो ताल चुकाएन । अm घनघोर वषृ हुन लाग्यो । सानीले सोची—वाषर््को सत्या आर्तनाथ.....मानो उसको जीवनको विरह वेदनाको गीत ! त्यो विरही रागमा दर्द थियो, आह! थिजयो । दूरमा ......अल्मलिएको कुनैविेशिएको पहाडी चरकहो वर्दभरि रा ुँजिएहेको थियो ।..... सुनाऊँ के कथा तिमाीलार्य सं्रयोग रविोडको या कथा ।

यो गीतले उसलाई धनकुटाको डाँडागाउँको पारिभिरमा पु¥यायो । एक दिन रानी दाउसको भारी बोही रिमरिम साँझमा साथहीसँग माथिग दोदोबाटमोमा पुगेकी थिई हुलाक टोलको साइँला दाइले वनै रन्काउने गरी गीत गायो............ सुनाउँ के कथा तिमीलर्य, ंियो गर विछोडको यो कथा...........सलार्इ कताकुता कुत्कुती लागेथ्यो, तर नसुनेझैंगरी ऊ अघी बढेकी थिई ।

त्यही वनमा प्रत्येक बुधबार रानी पुगेकी हुन्थी। दाउरा वटुल्न साथीहरुसँग । दाउराको भारी बोकी रिमरिम उज्यालैमा प्रत्येक विहिवार रानी लाग्थी धनकुटा शहरमा । दाउरा बेची पाएको एक रुपैया चाराना उसको पेवा पैसा थियो । रानी, आमा बाबुकी एकमात्र सानी छोरी, सवैका आँखाको तारा थिइ ।

एक दिन आफ्नो घरको सिकवामा साइँलादाइलाई देखेर ऊ लाजले भुतुक्क भई । साहस गर्दा गर्दै पनि उसले आँखा उठाएर हेर्न सकिन । साइँला ढोका भित्र पस्दै गरेकी रानीलाई निशंकोच भनेथ्यो–“ रानी म तिम्रो राजा हुँ....के ग्रहण गछ्र्याै?’

प्रत्युत्तरमा रानी हतारिँदै रानी भित्र भागेकी थिई । यसरी नै क्रमशः दिन विते । एक दि उसको घरको सिकुवामा सनइ बज्यो । .....आफन्तको चहल पहल, उसको ललाटको रातो सिन्दुर , गलामा पोते थियो । आमा बा घरसँग विदा लिँदा रानी त्यही पोते हेर्दै रोएकी थिई–विबाहित वन्धनलाई हेर्दै । उसको रुवाईमा यही स्पष्टै झल्कन्थ्यो–“आमा तिमीहरुले मलाई यति दुःखद गरि जन्म दिई, हुर्काई, बढाई, आफ्नो घरको शोभा वनाउनका अपेक्षा त्याग ग¥यौ ....बत्रो महान त्योग आमा तिम्रो....के मेरो कर्म यही हो?”

साइँलासँगको जीवनीमा एक दिन त्यो दिन पनि आयो । ऊ रुँदै विदा माग्न आमा सँग विदा माग्न गएकी थिई– आमा मपनि तपाईँको ज्वाईँसँगै पल्टन जान्छु ।

“आमाले जवर्जस्ती आँशुको बेग रोकी आर्द्र स्वरमा सान्त्वना दिएकी थिइन्–“त्यति टाढा...कता हो कता । ...फेरि पल्टन... धावा गर्न पो गएको उनी त । ....कतै विदेशमा तिमी एक्लै भयौ भने कस्तो अवस्था होला!” अनि, रानीको साइँला प्रतिको प्रेममा ढिप्पीमा आमाले माया पोखेकी थिइन्–“यति वेसी खेती, घरवार छ, दुःख छैन केही । अव ज्वाईँ साहव पनि आफ्नै घरवारी सम्हालेर वसे हुन्छ । ....त्यति टाढा...किन जाने ब्यर्थै! ।

तर रानीको रहरमा दुवैको ढिपीमा आमाले रुँदै विदा दिएकी थिइन –“तिमी दुईले एक अर्कालाई खुवै याद राख्नु । भाग्यमा लेखिएको कस्ले जान्न सक्छ र? कतै तिमी दुई एक अर्काको अभावमा बिचल्ली हुनु नपरोस....विदेशमा त्यति टाढा । भगवानले रक्षे गरुन् ।

रानीको रुवाइको बढ्दो हिक्का साथै आमाका आँखामा आँशुका अटुट बेग देखि साइँला पनि विचलित भयो, आँखा रसाएर आए । सान्त्वना भरी स्वरमा, प्रतिक्षा र आँकांक्षालिई साइँलाले भनेथ्यो –“आमा! म रानीलाई आज जसरी लाँदै छु, तिन वर्ष पछि हामी दुईसँगै फर्कन्छौं, विश्वास गर्नुहोस आमा म रानीलाई तपाईले जस्तै प्यार र माया गर्छु । ”

तर आज रानीको प्यारको मूर्ति, उस्को जीवनको सहारा, उसको सानो दुनियाको मालिक, उस्को हाँसो, सुख, शान्तीको प्रतिक साइँलो उदेखी दूर गयो ,। आमालाई दिएको बचनको पनि वास्तै नगरी रानीलाई एक्लै छाडी सधैँको निम्ति अनन्तमा लिन भयो । ओहो, कस्तो विधाताको लेखा!...आमाको झझल्को, सूचना......।

आज रानी वियोगको छचल्किएको भाँडो लिई, हृदयमा रोदनको विरुवा रोपी आमा सम्मूख जान लागेकी छ – एक्लै विचरी !

विदाइको....आमाको उष्ण अश्रुले उसलाई पि¥यो, बचन गला लाग्यो, पछुतो लाग्यो । रानीले भनिन् ––“हो नी...आमाले ठीकै भनिन्।”

रानी दर्द मिश्रित स्वरले काखको उसको छोरो झस्केर रोयो....जीवनमा साइँलाले छोडीराखेको एउटै अमिट सम्झना! रानी र साइँला र छोरा सितको त्यो सुखद, सानो दुनिया चकनाचुर भयो । कल्पना भताभुङ्ग भयो । भावना नै रोकियो । तरै पनि त्यही अमुल्य नासो लिई आजसम्म रानी जीवित छे । वास्तविकतामा आएर रानीले छोरालाई छातीमा टँसाउर भनी–“म तिमीलाई पल्टनमा पठाउँदिन, बा को निसानी घरवारिको मालिक तुल्याउँछु । ”

कता कतावाट अदृष्य आँसो गुञ्जियो–रानी उद्देष्यको उपहास गर्दै । विस्मीत उसले काँतर दृष्टि घुमाइ –“चारैतिर हाँसोमा मिश्रित थियो–‘हाम्रो छोरालाई पढाउनु पर्छ, जातिको रत्न बनाउनु पर्छ ,। हाम्रो अन्धकार गाउँलाई यस्तै अनि यही वालकले उज्यालो पार्न सक्छ । ’

रानी रुँदै गरेको वालकलाई निर्निमेष हेरेर प्रण गरि, ‘होइन, मेरी नानी.....म तिमीलाई पढाउँछु । तिम्रा बाको उउटै इच्छा पूरा गर्छु.....जसरी भएपनि । गाउँको रत्न तुल्याउँछु तिमीलाई ....तब मेरो तिम्रो बा प्रतिको कर्तव्य निभ्ला, तिम्रा स्वर्गीय बाको आत्मा पनि सन्तुष्ट हुनेछ ।’ प्रत्युत्रमा रानीका नेत्रवाट बुँद बुँद टप्कँदै गरेको प्रण र आशा मिश्रित अश्रुलाई हेर्दै वालकले ङिच्च हासी भन्यो –“बा!...बा!....बा!....

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।