19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल ऋषि बस्ताकोटी February 25, 2016, 7:35 pm

हाँस्नेहरू हाँसिरहे, रुने रुदैछन्,

दुखीहरू अझै दुखी, दुखी हुँदैछन् ।

रात बित्यो, दिन गयो, दशा फेरिएन ,

कोही भने पातालदेखि आकाश छुदैछन ।

भाग्य लेख्ने को छ कुन्नि, न्याय दिने को छ ?

बर्षौंदेखि पिसिएका यहाँ खुदै छन् ।

"हाम्रा" भए पुग्ने सबै, "राम्रा" कसले खोज्ने,

श्रमजीवी आँसु पिउंदै गाला धुँदैछन् ।

विभेदको पर्खाल आजै ढाल्छु भन्नेहरू,

पर्खाल भेटी अझै अग्लो पर्खाल हुँदैछन् ।

क्यालगरी, क्यानाडा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।