विवादलाई नतन्काउ तिम्रो इच्छा अप्नाएँ
ओठ खोली मुस्कुराउ बिन्ती मैँले सच्याएँ !
झमेलामा फाटो हुन्छ फाटो गर्नु छैन
तिमी बिना एक्लो ज्यान मलाई ज्यूनु छैन
सून्यतामा सात्तो जान्छ सात्तो उड्नु हुन्न
तिम्रो दिल खुशी नभै मैँले प्रिय छुन्न !!
लुछाचुँडी खती बन्छ खती हुनु छैन
पूर्णता हो तिम्रो साथ टुक्रा रुनु छैन
क्रोधतामा मित्र गुम्छ मित्र गुम्नु हुन्न
तिम्रो बोली दिब्यशक्ति हामी लड्नु हुन्न !!!