18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

डिर्भोस पेपरमा हस्ताक्षर गर्नुअघि

कविता अनिता न्यौपाने February 26, 2016, 3:39 am

भन्नुस् न श्रीमान्

के भनेर गरु“ म

यो डिर्भोस पेपरमा हस्ताक्षर

कहिले यिनको असीम मायामा

चुलुम्ब डुबेर

देखेथे मैले नया“ नया“ सपना

कहिले यिनको सबल का“धमा

शिर राखेर घुमे म सुन्दर स्थलहरु

कहिले यिनैको स्नेही छातीमा

टाउ“को राखेर पोखे मैले आधुनिक पीरहरु

कहिले पो पाए“ र मैले

मेरो जीवन साथीको हृदयमा अधिकार

बिहे गरेकै दिनदेखि

मैले हजारौ लातिहरु सहेकी छु

उकालो चढ्दै गर्दा

यिनकै कारण

हजारौं पटक पछारिएकी छु

पेटमा अन्नको दाना नराखेर

धेरै रातहरु अनिदो काटेकी छु

रक्सीको मातमा

पटकपटक बलात्कृत भएकी छु

र यिनको वीर्यहरुलाई अनिच्छापूर्वक

पु¥याएकी छु मेरो अस्तित्वको पाठेघरसम्म

मैले बिर्सेकी छैन श्रीमान्

सिउ“दोमा सिन्दुर भर्न

गलामा पोते झुण्ड्याउन

हातमा चुरा बजाउन

खुट्टामा पाउजुको झंकार छोड्न

र थाल कचौराका ऐनामा

आफैलाई स्वप्न सुन्दरी देख्न पनि

यो पुरुष सधैं

खेल्छ मेरो यौनाङास“ग

र लिन्छ चरम सुख

अनि

लगाउ“छ वेश्याको आरोप मैमाथि

ठड्याउ“छ आफ्नो चोर औला मलाई

सम्झेर कुनै पथभ्रष्ट स्त्री

र तृप्त हुन खोज्छ

उसले चाहेको कुनै बेला पनि

अनि

कसरी हुन्छ श्रीमान् यो मेरो जीवनसाथी

कसरी भनौ“ म श्रीमान

यसलाई मेरो हृदयको सम्राट्

मलाई त लोग्ने चाहिएको हो श्रीमान

मलाई त जीवनभरको साथ दिने

मान्छे चाहिएको हो श्रीमान्

अब तपाई नै भन्नुस श्रीमान्

के भनेर गरुँ म

यो डिभोर्स पेपरमा हस्ताक्षर

–हेटौंडा, मकवानपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।