14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

गजल

गजल प्रज्ञा ढुंगाना March 4, 2016, 12:50 am

तर्किएर हिन्छेउ सानु अलि नजिक सरेकै बेस!

डाह गर्छ बैरी दुनियाँ चिम्टी सिन्दूर छरेकै बेस!

नदेख्दैमा एकैछिन छट्पटाउछेउ रे त्यसैत्यसै

सुर्ता हो कि माया मेरो अलिअली गरेकै बेस !

मनमा भए मेरो माया देखाइ राख्न पर्दैन भो

मुटुभित्रै फुल तिमी बहिर आखाँ तरेकै बेस !

तिमी रुँदा रुने संसार तिमीसँगै हाँस्छ सानु

मेरो संसार मुस्कान तिम्रो ओठमा सधै भरेकै बेस

टोलाउदै बेलाबेला हराउछौ रे कताकता

बाआमालाई हाम्रो शंका थोरैथोरै परेकै बेस !

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।