19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

भो अब म बाेल्दिन

कविता कृष्ण उपाध्याय March 4, 2016, 7:06 am
कृष्ण उपाध्याय
कृष्ण उपाध्याय

भो अब म बाेल्दिन

उ बोल्यो।

श्लेशमान्तबाट दिगन्त हेर्दै

उ बाेल्यो

अब म बाेल्दिन!

म बाेल्दिन

किन बाेल्नु

शुन्यतामा सुन्ने कोहि छैन

शुन्यतामा बाेल्ने कोहि छैन।

अलि अलि बाेल्नेहरु पनि

संवेदनहीन आर्यघाटका उत्तप्त अग्निज्वालामा

जलिरहन्छ्न

धुमिल धुवामा विलिन हुन्छन।

श्लेश्मान्तका हावामा हल्लिदै

मेरा आवाज

आगोको वेग र आवेगमा

आर्यघाट माथी धुवा उडिरहन्छ।

भो म बाेल्दिन

उ एक्लै बाेल्छ।

सुन्दा सुनाखरि सुनिन्छ नि।

सुन्दर सुनाखरिमा

जरक्क परेका जैतुन्का हागामा पनि

शिरिसका शान्त सुशान्त स्वर हरु त आउँछ

म त्यही सुन्छु

म बाेल्दिन

उ बोल्यो।

शिरिसका शान्त स्वरहरुमा

शताब्दीहरुको गर्भ बोकेर

जन्माइएकी आमा हरुका गीत

आगोमा पोलिदैन

धुवामा उड्दैन

खरानीमा हराउदैन।

म त्यही गीतसुन्छु

म बाेल्दिन

उ बाेल्छ।

शताब्दीहरुको गर्भबोकेर

गर्भाधान भएको सम्चेतना

चेतना जन्माउने पिडामा

चेत-अचेत चिच्याइ रहदा

श्लेशमान्त सुनिरहन्छ

म पनि सुनिरहन्छु

म बाेल्दिन

उ फेरि बोल्यो!

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।