19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

टाढाको माया

कविता नारायण श्रेष्ठ June 7, 2008, 4:08 am

सम्झनाहरु बाडिने छन
छरपष्ट रातको हावाजस्तो  
एकपछि अर्को असम्वद्द लहरको रेखाले समातेर
यहींवाट मलाई छाडिदीने छ अंधकारमा
समाउने घेरेाको फेरोवाट यादगार बोकेर
रातो लाली गुरासको डालीमा उनुला
 
यो दूर सीतारा जस्तो
टाढाको मायाँ
विस्तारै सेलाउने यो साथ र यो पातलो पूर्वस्मृित
हललाउदै गरेको हात
स्नेहले भरिएको मृदुल आवाज
हिउले छोपिएको कुहीरोमा हराउने छ
पातलींदै जाने छ साथ र सम्झनाँ ………
कति छोटो छ यो जुनी  
एक सासमा तिमीलाई भेट्छु र एक सासमा तिमीलाई गुमाउँछु
 
उडेको चन्द्रमाले छोएर भाग्ने
सिथील हावासंगै वितेको याद सम्झेर टाढाको भूमिमा हराउने छु
हजार थरिका टुलीप फूलहरुमा फूल्न खोज्ने चेहरा सम्झेर  
आज यो स्निग्ध औंला समातेर विदाई गर्छु
यात्राको वाटो जाने छ उ र हामी विस्थापीत हुने छौं  
हावाले चिर्ने छ पहिले  र त्यसपछि पानीले  
 
सम्झना पनि नपुग्ने दूरिको भूगोलमा  
वाचा गर्छौं  चिट्टीमा भेटीने
ईनटरनेटका उच्च राजमार्ग समातेर पुल तर्न कठीन छ संधै
हो हामी थियौं एक क्षणका लािग
अव हामी छैनौं
नभेटिने विछोडको रेखाले घेरेको छ  
यसरी टुक्रीनु पर्छ प्रत्येक विछोडमा  ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।