आँखाको झ्यालमा बसाऊ मलाई
माया चियाउने रहर छ
मुटुको आसनमा बसाऊ मलाई
विश्वास दिलाउने रहर छ
भन्दै जाऊ तिमी म सुनिदिन्छु वेदना तिम्रो
छर्दै जाऊ तिमी म टिपिदिन्छु चाहना तिम्रो
यादको घरमा पसाऊ मलाई
अमर क्षण दिने रहर छ
आँखाको झ्यालमा बसाऊ मलाई
माया चियाउने रहर छ
गाउँदै जाऊ तिमी म सुनिदिन्छु गीत तिम्रो
गाँस्दै जाऊ तिमी म पैरिदिन्छु प्रीत तिम्रो
मायाको सागरमा डुबाऊ मलाई
मायाले भिज्ने रहर छ
आँखाको झ्यालमा बसाऊ मलाई
माया चियाउने रहर छ