19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

भोलिको आशा

कविता मनीषा अवस्थी March 10, 2016, 8:28 pm

उनी मेरो छेउमै थिए

म टाँसिन खोज्दै थिए

स्पन्दन बढ्दै थियो

ढक ढक ......

अली पर सरे

साँझको चकमन्न बिजुली

शहरभरी उज्यालो

लाज लाग्यो क्यारे

तर थाहा पाईन ।

आफ्नै मुटु छामे

स्पन्दन ... वाउ

उनकै प्रेमील गीत गाउँदै

पर्खिरहेछ .....

मैले बुझे ।

म चाहन्थे उनको मुटु पनि टाँसियोस्

बेहोसीमै गीत घन्कियोस्

शहर थर्किने गरी

तर अहः भएन

हुँदै भएन ।

बेला कठीन थियो

बुझ्नै नसक्ने

न लीन न बीलीन

तर बाध्यता

फिस्स हाँसिदिए ।

फर्केर हेरे

आहा उनको ओठ

थर्थराई रहेको

मैले स्पष्ट देखे

आँखाको भाव

अझै निकटताको संकेत

तर म डराए

अझै बढ्यो स्पन्दन

ढक ढक .......

डराएका दुवै मुटु

छट्पटिएका दुबै मुटु

बाध्य थिए ।

बाध्यता बेलाको

पिडा लुकाएर

फिस्स दाँत देखाएर

खिन्न मन

शिथिल पार्दै फर्किए

भोलीको आशामा ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।