17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत प्रकाश बजगार्इं अन्जानपथ March 11, 2016, 4:32 am

सोच्दैछु यात्रामा सहयात्री जरुरत भो

बतासे वयलीमा स्पर्श अनवरत यो@ !

चारकोशे झाडी जहाँ छिचोली हिंड्न कठीन

ढुक्कताले तिमी भए चुचुरी लाग्छ अधीन

टुसाउँदै मुस्कुराहठ वसन्त पालुवामा

मौलाएर फुल्यौ तिमी जहर बालुवामा@!!

कालरात्री भय त्यहाँ चित्कारी स्वर कठै

प्रतिरक्षा आड हुँदा बिजयी बन्छ जतै

दर्काउँदै अमृतजल हिउँद खँडेरीमा

चोखोनिधो सफा तिमी हृदय मझेरीमा@!!!

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।