19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल तुलाधर विश्वकर्मा March 18, 2016, 9:30 am

एकतामा फुट ल्याउने वाह ! राजनीति ।

सत्यतामा झुट ल्याउने वाह ! क्या राजनीति ।।

नेपाली भई मिली हामी बसेकै हो हिजोसम्म,

मधेश–पहाड गुट ल्याउने वाह ! क्या राजनीति ।।

हेपिएका चेपिएका सबै जन समान भा’नि,

उनैबीच फुट ल्याउने वाह ! क्या राजनीति ।।

अधिकारको बहानामा जे अपराध गरेपनि,

सजायमा छुट ल्याउने वाह ! क्या राजनीति ।।

नङग्रा ख्याई मौरी कार्न गएकै हो ‘तुलाधर’ नि

मह लुकाई कुट ल्याउने वाह ! क्या राजनीति ।।

– खजुरा खुर्द १ (बाँके) नेपालगन्ज

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।