19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

भुक्तानीको हतारो

कविता दीपेन्द्र के.सी. June 7, 2008, 8:19 pm

एउटा हुरीको झोक्काले हुत्ताएर
पल्लो कुना पुगेका हामी
स्वाभिमानको अहं लिएर
ढोका ढोका चाहार्दै भौतारिएर
मानवीयताको दावी गर्दै दरखास्तको लाइन र
अन्तर्वार्ताको टेवुलमा ङिच्‍च दांत ङिच्याइरहेका
कुनैपनि वेला च्यातिन सक्ने फालिन सक्ने
स्तरहीन कागजमा  नाम चढाएर
मख्ख पर्दै उफि्ररहेका हामी
टाढैवाट छुट्टीने परिचयपत्र पाएर
मानौ
उ जुनीको ऋण भुक्तान गर्न आएझै
कामको पुछारको िसंडीबाट उक्लन
तंछाड मछाड गर्दै दौडिरहेका 
खुट्टा राख्न कहां सजिलो
फेरि यस्तै अभीप्साले भौतारिइरहेका  
खोसाखोस तानातान हानाहान
आफैमा एउटा अस्पष्ट वैरभाव
सात्विक स्वभाव अनि व्यर्थैको रवाफ देखाइरहेका
खैरा टाउकाहरुको आदेशमा टाउका हल्लाउदै
गुमेको समयको क्षतिपूर्ति होइन
यिनैको ऋणको व्याज तिर्न हतारिइरहेका ।
लुभेन, बेल्जियम  
(शब्दाञ्जली  बर्ष १ अंक १ २०६५ बाट साभार)    
 

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।