आमा कति रोएकी छन् सारै निरास भएकी छन्
चम्किदे जुन–तारा, हेर्छु मैले माइतीको देश
नेता रैछन् वेइमानी खान लागे आमालाई,
चम्किदे जुन–तारा, हेर्छु मैले माइतीको देश ।
सम्बिधान काँ गयो देशै लाग्यो ओरालो
चम्किदे जुन–तारा, हेर्छु मैले माइतीको देश ।
होडवाजी चल्दैछ अग्लो कुर्सी तानातान,
चम्किदे जुन–तारा हेर्छु मैले माइतीको देश ।
तँछाड् मछाड् गर्ने आफ्नै पेट भर्ने
चम्किदे जुन–तारा हेर्छु मैले माइतीको देश ।
सम्बिधान बन्ैन यो दरिद्र चालले
चम्किदे जुन–तारा हेर्छु मैले माइतीको देश ।
लुछी लुछी खाइसके छिमेकीले आमालाई
चम्किदे जुन–तारा हेर्छु मैले माइतीको देश ।
देशको इजेत राख्न लौन उठ युवा हो!
चम्किदे जुन–तारा हेर्छु मैले माइतीको देश ।
कुर्सी मोह छोडीदेऊ सम्बिधान जोडिदेऊ