सकिएन रम्छु भन्दा तिम्रो मनको बगैंचामा
नसोच्नु होला भुली गयो आत्मियता अन्यथामा
अकल्पनीय ग्रहण पर्यो राहुकेतु छमछमाए
दूरबाटै भए पनि यी वात्सल्य अश्रु बर्बाराए@!
सम्झना मिठो मनमा खेल्छ बिर्सन खोज्छु सक्दिन
हृदयबीच पिरती रोप्यौ चुँडेर फाल्छु म भन्दिन
छचल्किरन्छु बनेर छाल सुनौला तरंग भर्दै
आएको छु है मायाले समीप उज्याला उमंग सर्दै@!!
बाडुलीमा हिकहिकाउछु ममताले बिहान राती
तिम्रो नाउँमा संगीत भर्छ ढुकढुकीमा मेरा साथी
सदभावको मुस्कान लाली मुस्काइरौँला डाली डाली
छलाङ मार्दै खुशियालीमा हृदयको आली आली@!!!
परिस्थितिले बनायो कैदी पिंजडामा थुनिया छु
उपहार चिनो सम्बन्धको प्रगाढ दिलमा बुनिया छु
बुझ्नेछौ पक्कै छट्पटी मेरा डुब्न खोजी गहिराई
अपरिहार्य मायालु साथ आउनेछु मनले पछ्याइ @!!!!