18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत तुलाधर विश्वकर्मा April 1, 2016, 2:07 am

मध्यराति सपनीमा झस्किएर उठेँ म त ।

थामे मन सकिएन चस्किएर उठेँ म त ।।

आमा सम्झेँ, बाबा सम्झेँ, सम्झे प्यारी अनि छोरो

झरी लाग्यो, हुरी चल्यो, गयो दिलमा ठूलो पहिरो

निदरीमै पीर ब्यथा पस्किएर उठेँ म त

थामे मन सकिएन चस्किएर उठेँ म त ।।

पोहर—साल बन्धकीमा साहुलाई बेच्दा टारी खेत

छाति पिटी रोएँ भन्थे बेहोशी भई हराई चेत

सम्झी दुख दैवसँग ठुस्किएर उठेँ म त

मध्यराति सपनीमा झस्किएर उठेँ म त

थामे मन सकिएन चस्किएर उठेँ म त ।।

खजुरा खुर्द –१ (बाँके) नेपालगन्ज

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।