रिमझिम रिमझिम वृष्टिको तालमा धुम्म भएको आकाशका ती काला काला बादलका नृत्यमा, सुन्दरी नर्तकी बिजुलीको झलकमै तबला बज्नथाल्यो, तब वृष्टि पनि आफ्नो तालमा पागल भई उठ्यो ।
तर त्यही वृष्टिको तालमा, बालवको ताण्डवमा सुन्दरी नर्तकीको देदीप्यमयी दर्शनमा पनि प्रतापको भावुक हृदयले खोजिरहेथ्यो कसैलाई! सोचिरहेथ्यो–उ केही! आज रामनवमी, स्वदेशमा बितेको चहल पहलमा दुनियाँको संझना आयो उसलाई । बितेका दिन एक एक गरी सजीव भई उठे । संभ,दै गयो उ –त्यो दिनको रामनवमी! मिलन–विछोडको दिन, अनि हमर्षको दिन । १३ दिन पछि पारिपट्टि, खोरङ्ग खोलाको देव्रेपट्टि केही झुरुम्म रुखहरु छन् ।मानिसहरु त्यसलाई जलजले भन्दछन् । यसैको पूर्वपट्टि ढप्प वसेको टाहारी खेत छ । त्यसको माझको बरको झ्याम्म झ्याम्मिएको एउटै रुख छ । मास्तिर सल्लेरी वन छ । छेउमा सानो खोलो –त्यहीँ नै लाग्छ, वर्ष दिनको रावनवमी वजार। चार दिन–सप्तमी, अष्टमी, नवमी र दशमीका दिन ।
१३ थूमवाट प्रताप पनि आफ्ना साथीहरुसाथ रामनवमी बजारतिर लाग्यो । बाटामा कहीँ मानिसहरु कुर्लेको कुर्र कुर्र आवाज सुनिन्थ्यो, ठाउँ ठाउँमा कति चुँइँके गीतहरु । साथीहरुसँग हाँसखेल गर्दै हिँड्दा प्रतापलाई साह्रै रमाइलो लाग्यो । यी गीतहरुमा उसले नेपालीत्वको झल्का देख्यो, जातियताको झ,लक देख्यो । प्रदेशमा विद्या अध्ययन गरेको प्रतापको हृदय जातीयताको आभाषले आनन्दीत गरायो ।
लिम्बुनीहरु पालम हा...हा गरेको वारिपारि बकन्दी.......भन्दै कराएको स्वरले, त्यो पत्थरिलो ढाँड र उराठिलो स्थानहरु आवागमनले निकै गुल्जार भयो, रमाइलो छायो । यसरी अष्टमीको दिन साँझमा प्रताप आफ्ना साथीहरुका लस्करसाथ रामनवमी पुग्यो ।
रामनवमी बजार चारैतिर खेतका गरामा अग्लिपट्टि र भिता पट्टि पनल टाँगेर लहर सेताम्मे पाल –साना साना पसलहरु, मसालाका, कपडाका चियाको दोकान पनि देखिए ।
बिस्तारै साँझ प¥यो....साँझ झम्क्कै प¥यो । वरपर, तलतिर मास्तिर वाट राँको बोकेर आएका मानिसहरु झिलिक र मिलिक देखिए । खेतमा मात्र राँको केन्दि ्रत थियने ।
प्रताप औ उसका साथीहरुले बजार तलतिरको सानो दोकानमा बिश्राम लिए । रातमा बजारमा धाननाचको पालम होला हा....हा गरेको आवाज कानमा थुरियो । प्रतापले संझँदै गयो, सोचि नै रह्यो–रामनवमीको त्यो रमाइलो दृष्य, स्वतन्त्र र स्वच्छताको साम्राज्य, शान्ति र आनन्दको बिराजमान, रमाइलो लाग्यो– नव उमंगले, नव जोशले बजार टनाटन भएको थियो । चहलपहल थियो–चारैतिर । लिम्बुनीहरु शिरमा सुनको, कानमा च्याप्टे सुन, नाकमा ढुंग्री–बुलाकी लाएका, ठाडो कोरेका, गाउनका फरिया, कपडाका लाएर खुट्टा उचाल्दै हिँडेका, रमाइलो हास्यस्पद दृष्य हेरिरहेथ्यो प्रताप–एक
“अहो प्रताप ! तपाईँ यहाँ !” प्रताप झसङ्ग भयो । उस्ले देख्यो चीर परिचीत वाल्यसखा सुन्दर । सुरुवाल जातीय पोषाकमा सजिएको। टोपी टल्काएको नवयुवक सुन्दर । ”
“दाना–पानी रहेपछि भेट त हुन्छ निश्चय प्रताप! यो त हाम्रो अहोभाग्य हो । जून, चिन्यौ, प्रतापलाई?”
स्वीकार गरी, मुण्टो निहु¥याई संकोच मान्दै, जुनकीरिले दुई हात जोडी“नमस्कार”प्रत्यूत्तरमा प्रतापले दुई हात जोड्यो मुस्कुराउँदै अन्कनाउँदै । अनि...यौवनले धप्प वलेकी जूनकीरिलाई देखी प्रतापको भाग्य हृदयले केही सोच्न थाल्यो ।
प्रताप र जूनकीरिको मौनता भंग गर्दै सुन्दरी भने –“प्रताप मुमा पनि आउनुभएको छ, उहेर्नोस त आउँनुहुँदैछ।”
मुमाको आँगमनले प्रतापको बिचार श्रृंखला छुट्टियो, भावना रोकियो ।
मुमाुँग साक्षात् भई बितेका दिनका कुरा दोहो¥याउँदै प्रतापले भन्यो–“आ..चार पाँच वर्ष अघि, म पढ्न जान म..अघि जूनू सानै थिइन् । मैले ठिम्याउनै सकिनँ ।”
“तिमीहरु पनि त सानै थियौ। अनि तन्हेरी भइसक्यौ ” मुमाले भनिन् ।
प्रतापले ाफूलाई माथिदेखि तलसम्म हे¥यो – अंग्रेजी पोशाकमा सजिएको नवयुवक लाजले उसलाई कुतकुती लाग्यो । शैशव छाडी खुड्किलामा टेकेको देख्यो–आफूलाई । तव प्रत्युत्तरमा उ मुस्कुरायो– रहस्यभरी मुस्कुराहट ।
प्रताप सुन्दरहरु सँगै बजार डुल्न थाल्यो । नेवार्नीहरु छरितो सारी लगाएर, पछाडि–पट्टि शिरमा सुनको फुल लाएको र जत्था जत्था घुमेको दृष्य औ ठाउँ–ठाउँमा धान नाचको रमिता हेर्दै बजारै गललल गरेको सुनिन्थ्यो, कोलाहल मचेको सुनिन्थ्यो ।
छेउमा पसलमा उभिएर प्रतापले भन्यो । “केही नकिन्ने सुन्दर! मेलाको संझना । ”
“निश्चय!”
अघि बढिरहेकी जूनूलाई वोलाउँदै प्रतापले भने–“जूनू, यी तिमीले भनेको लुगा त यहाँ पो रहेछ । ”
जूनूले लुगा हेर्दै भनी–“यो भन्दा राम्रो । यो त रंग जान्छ होला । ”
“खोइ त तिमीले खोजेको राम्रो नेपाली छिट नै पाँदैन बहिनी, अव अरु के किन्ने?”
जूनूले ती दोकानमा सजिएका ती, माला, वाईहरु हेर्न थाली
प्रताप सुटुक्क अर्को पसलतिर लाग्यो । पसलवाट राम्रो नेपाली छिट किनेर ल्याई जूनूलाई दिँदै भन्यो –“यी तपाईले खोज्नु भएको लुगाा, यही होइन?”
“यसको मूल्य कति?”
“मूल्य होइन, कति वर्षको भेटमा दिएको उपहार ।”
‘उपहार!’...अनि जूनूले अन्कनाउँदै लाज मान्दै हात बढाई–‘धन्यवाद’
प्रताप गर्वित भई जूनूलाई पुलुक्क हेरी मुसुक्क हाँस्यो मात्र ।
विस्तारै साँझ प¥यो, झमक्कै प¥यो । प्रताप सुन्दरहरुसँग विदा भई एकलै बजार घुम्न लाग्यो । उसले रुखमा अडेस लागेर स्त्री–पुरुषहरु जुवारी खेलेको रमिता हे¥यो । तर त्यस रमाइलो दृष्यले पनि उसले जूनूलाई संझ्यो, उसको भविष्य सोच्यो अनि उसको ‘प्रेम –उपहार’ !
आजको चार वर्ष अघि, उसकी आमाले जूनूकी आमासँग हाँसखेलमा भनेको कुरा संझ्यो–‘जूनूलाई यहीँ ल्याउनुपर्छ, मेरो घरकी लक्ष्मी हो जूनू ।”
प्रताप पढ्न गयो–दार्जीलिङ । जूनू, सुन्दर सवै पु¥याउन आएथे–तल ओह्रालो बाटोसम्म । जाडोको विदामा उ घर आयो । जूनूको घरमा सन्नाटा छाएथ्यो । उनीहरु सवै वनारस गएथे–जूनू र सुन्दरको विद्या प्राप्तिका लागि । उनिहरु पछि धरानमै वसैं सरे, फर्केर १३ थूम आएनन् ।
अर्को वर्षको जाडाको विदामा घर अझ शून्य थियो –श्मसान तुल्य शून्य । आमा, उसलाइृ एक्लै छाडी, असहाय पारी अनन्तको बाटो लागेकी थिइन् । उसलाई आमा बिनाको उसको संसार नै शून्य लाग्यो। उजाड लाग्यो, रुखो लाग्यो । यसर्थ फेरि आउँदो दुइ विदा उसले प्रदेशमै बितायो साथीसँगीसँग । घर फर्केर आएन औ आज विद्या समाप्तिपछि मात्र उ घर आयो ।
आज अकस्मात् जूनूसँगको साक्षात्! वाल्यकालको चंचल कहाँ, आजको यो गम्भीर‘प्रेम उपहार’! के जूनूले उसको उपहार ग्रहण गर्ली?.....जूनूसँगको आफ्नो भविष्य सोच्यो, संझी नै रह्यो । उसले आफूदेखि सधैँका निम्ति विछोड भएकी आमालाई संझ्यो । उस्का आँखा रसिएर आए । हृदय भित्रैवाट भकानो छुटेर आयो । आमासँगको विछोड जूनूसँगको साक्षात
त्यसपछि भोलिपल्ट प्रताप घर फक्र्यो । त्यो रामनवमी वजार उसका आँ अगाडि झल्झली आयो । अनि त उसले यही सोच्यो –सायद अव सवै मानिसहरु फर्के होलान्, जूनूहरु पनि घर फर्के होलान् । दोकान् उठ्यो होला, बजार उठ्यो होला । अनि त बजारको अवशेष स्वरुप खुट्टाले टेक्दा खेतको गह्रा नै चिल्ला भए होलान् ।
प्रायः साता दिन पछि, प्रतापले कार्ड पायो–जूनूको विहेको निमन्त्रण!
उसले यो निमन्त्रण स्विकार ग¥यो, गर्नु प¥यो – परिस्थितिवश–भग्न हृदय लिई!
उसको हृदयरुपी विणाको तार चुट्टियो–एकै झम्टाले । आजको एक हप्ता अघि देखि नै बनाउँदै गरेको काल्पनिक भावी सुन्दर महल एकै झोंक्काले ढल्यो । अवशेष पनि रहेन ।
गंभिर हृदयसागरमा आँधी, वतास चल्यो, भँवरी आयो, जीवन – नौका डगमगायो । अनि हृदय वन्यो अस्थिर केही हराए जस्तो केही भुले जस्तो ।
जूनूको विहेको अघिल्लो दिन बा...भई उ दार्जीलिङ हिँड्यो । एकदिन..हरुसँग घूम डिपोमा भर्ना भई उ समुद्रपार, स्वदेशदेखि अदि दूर आ...दूर तर जूनूको संझनालाई साथमा
विदेशका रंगीचंगी वातावरण विशेष दिनमा प्रतापलाई घरको यादले सताउँछ । आज रामनवमी! जूनूको याद आइरहेछ उसलाई, उसको प्रेम, मेलाको संझना ।
उसले आज आफ्नै कर्मलाई धिक्कारेर स्वदेश दे िखयति दूर, आफन्त दे िखयति दूर, आज उसको भावना रोगियो। पल्टियो । हृदयउ त्सुक भई उठ्यो भूमिकै दर्शन गर्नालाई । लालायित, चंचल भई उठयो–जूनू नभए पनि स्मृति चिन्ह हेर्नालाई । तब उसले अशान्ति हृदयलाई आश्वाशन दिन शान्त्वना दिन खोज्यो ।
तब जीवित रहन लखोज्यो मधुरसंझनामा यो जीवन रसिलो तुल्याउन खोज्य अनि आफूलाई देख्न खोज्यो । सन्तापरुपी अग्नीमा रहेको त्यही पवित्र सजीव तिनकै.....।