गोली
आखिर किन चल्छ
मिठो निद्रा झस्काउँदै
रतिक्रिया विथोल्दै
रगताम्मे पारेर रातहरु
गोली
यमराज महाँकाल
भोक भन्दा विशाल
उठ्नैपर्ने थाकेका हारेका
आत्मसमर्पणका हातहरु
गोली
नङ्गाइ दिन्छ
रचना र सिर्जना
प्रफुल्ल कस्तो पुरुषार्थ
ङि्च्च दु:शासन दाँतहरु
गोली
शान्ति बाँड्छु भन्छ
बलत्कार गर्दै प्रेमपूर्वक
हाडछालाका शरीरलाई
गाँसवास छिनाइ आतहरु
गोली
विज्ञान हो मान्नै पर्ने
क्रान्ति हो जाग्नै पर्ने
नेपालआमाको छातिमाथि
बुट बजार्दै लातहरु ।
लस् एन्जेलस्