17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

समकालीन साहित्य डट कम

कविता प्रकाश बजगार्इं अन्जानपथ April 2, 2016, 3:17 am

सृजनाको हराभरा गरा बन्दै जावस्

समकालीन साहित्यको धरा खुल्दै छावस्

श्री गणेश भो शब्द माला अलंकारी मनको

संयोग बनी जुर्नु सधैं काव्य यात्रा ध्यानको..!

उर्लिरहूँ लहर भै छचल्किँदै तट

कल्पनामा भेटिरहूँ शब्द पुष्प भेट

वाग यस्तो माधुर्यको अमृतको मोह

शिल्पी झल्ल उषा बिम्ब सकूँ गर्न जोह...!

डुबुल्की नै मार्दा पनि भेटिँदैन दह

भोगाइमा कैले कैले रसाउँछन् गह

यथार्थले च्वास्स खोप्छ त्यही भन्छु लेखूँ

नजानिदो ठेश लाग्छ सकिँदैन छोपूँ...!

कैले हर्ष कैले पीडा खोला सरि बगेँ

लेख्दा लेख्दै लालित्यमा होकि खुल्न डगेँ

भावना यी संगाल्दैमा कैले पुग्छु भव

पत्र पत्र छलाङ मारेँ अत्तर लिइ जब..!

प्रार्थनाको तपोभूमी समकालीन स्वर्ग

दुनियाँ नै हृष्टपुष्ट देवालय दूर्ग

कथा ब्यथा विधागत लम्बिरहोस् यात्रा

रीतिथीति मर्यादामा अलौकिक होस् जात्रा..!

भन्न सकूँ शान्तिक्षेत्र आत्मातृप्ती पथ

गन्तव्य त्यो पछ्याउँदै डोर्‍याउने रथ

कलमी यो भक्त प्रभू साधनामा भ्रुण

साहित्यमा मेरो यात्रा धन्य तिम्रो गुण ..!

अल्मलिँदै गल्छेडोमा चिच्याहठ आँसु

चाहेको छु भरोषामा दिल जोडी हाँसु

बामे सार्यौ हौसलामा उमंग ली रत्यँ

सहयात्रा साहित्यमा समकालीन धन्य...!

(समकालीन साहित्य डट कमलाई सम्झेर लेखिएको कवित-सं.)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।