विवशता मेरो परदेशिनु, पापी पेट रैछ
घामछाँया जस्तो सम्बन्ध जो, छोटो भेट रैछ @१
ब्यबहारिक कुरो मूल्यवृद्धि, किन्नै पर्ने रोज
आपूर्तिमा नाकाबन्दी ह्वात्तै, बढ्ने रेट रैछ @२
लम्किरहूँ कर्मपथमा सधैं, झेल्दै बाधा ब्यथा
लिइ लक्ष्य अटल वसन्तको, हांगो ठेट रैछ @३
मांगलिक पूर्ण मनोरथ, उड्दै गएँ कोसौँ
यथार्थ औ सुख्खा मरुभूमि, जाली नेट रैछ @४
सुन्दरता लम्बिरहोस् सोच्दै, म यैँ लठ्ठारिएँ
कलात्मक फिल्मी दुनियाँको, रंग सेट रैछ @५
उम्कि हिंड्ने दाउ झिक्दै सयौं, तँछाडमँछाड त्याँ
पिंजडामैँ उफ् त्यो भोटेताल्चा, दुष्ट गेट रैछ @६
विवशता मेरो परदेशिनु, पापी पेट रैछ
घामछाँया जस्तो सम्बन्ध जो, छोटो भेट रैछ !