19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

महान अामा

कविता रजनी ढुंगाना April 7, 2016, 4:09 pm

छाउ गोठमा तिमीलाई पठाई

बिस्तारामा म चैनले निदाउँथे

दुखाई अनि लज्जाबोधका

त्यो कालरात्री उपहार दिन्थे

कौमार्यको परिक्षा लिएर

तिम्रा चरित्रमा औला उठाउथे

हजार गल्ली चाहारेर आफू

लोग्ने हुनुको धाक जमाउथे

गोडाको पानी पिउन लगाई

मधुशालामा प्याला रित्ताउथे

निराहार तिमीलाई छोडेर

मिष्ठान्नका भोग लगाउथे

प्रसव वेदना तिमीलाई दिएर

ढोकामा बसि चुरोट सल्काउथे

भुक्तान गरेर अस्पतालको रकम

पितृत्वको रवाफ जमाउथे

चिताको अग्निमा आफू जलेर

जीवन तिम्रा खरानी बनाउथे

खोसेर श्रृङ्गार अनि रंगिन बस्त्र

बैध्ब्यको चोला ओढाउथे

कति परिक्षा लिन्छाैं नारीकाे

कति जाेख्छाैं न्यायकाे तराजुमा

उपभाेग्य वस्तु नठान नारीलार्इ

नारी महान अामा हुन सृष्टिकाे ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।