18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत हस्त गौतम 'मृदुल' June 10, 2008, 4:01 am

मृदुल धेरै याद आयो तिम्रो तस्वीरमा हेरी
       कैले भेट होला हाम्रो भविष्यमा फेरी ॥
अंजु देख्न नपाइ तिमीलाइ मन औधी रुन्छ
      रही खपी रहे पछि एकदिन मन्को हुन्छ ॥
 
अंजु कति राम्रो दिन होला हामी सगै हँुदा
     चस्क्कै दूुख्छ मुटु ति स्मृतिले छुँदा ॥
मृदुल सारै मन रुदो रैछ टाढा हुदा खेरी ।
     बहूत खूशी लाग्यो मलाइ तस्वीरमा हेरी ॥  
अंजु  जिउन नपाइ तिमी संग मन मेरो रुन्छ
      रही खपी रहे पछि एकदिनको हुन्छ ॥
 
अंजु   जहाँ रहे पनि संधै खुशीमा नै बाँचे
    पवित्र यो हाम्रो माया  हृदयमा साँचे ॥
मृदुल  सम्झनाको यो मनमा चल्छ आँधिबेरी
    कैले भेट होला हाम्रो जिन्दगीमा फेरी ॥
अंजु   सम्बन्ध यो नजोडेर मन संधै रुन्छ
     रही खपी रहे पछि एकदिनको हुन्छ ॥
 

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।