गजब छ जमाना सारा बेइमानी
नयाँ नेपालको यो नारा बेइमानी ।
लेखौं भन्दा भन्दै सयौं वर्ष बित्ने
हाम्रो सम्विधानको धारा बेइमानी ।।
नहँुदै उज्यालो सबै एकाएक
नभमै हराउने तारा बेइमानी ।।
सुन्दरता जादू छ सबै लोभ्याउने
बेगनास, फेवा र रारा बेइमानी ।।
सवाल छ एउटै भन्छौं भोलिभोलि
हामी नेपालीको पारा बेइमानी ।।