19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत अोम राना April 28, 2016, 6:48 pm

असह्य पिडाको बाबजुद हसिलो मुहार दियौ

हत्केलामा जीवन राखी अनमोल उपहार दियौ

मेरा लागि तिम्रा कति रहरहरु दबिएका थिए

कहिले जीवन बर्खा, खडेरीमा रुमलिएका थिए

आज सुन्दर फुल संगै बसन्तको बहार दियौ

हत्केलामा जीवन राखी अनमोल उपहार दियौ

मेरा हरेक दु:खहरुमा सधैं तिम्रा साथ रह्यो

मेरा हरेक सफलतामा सधैं तिम्रा हात रह्यो

जीवनका मोडहरुमा तिम्ले मिठो प्यार दियौ

हत्केलामा जीवन राखी अनमोल उपहार दियौ

चाप्पानी-८,पाल्पा , हाल:-दक्षिण कोरिया

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।